अब के त? अब पनि अधिकारका लागि ज्यान गुमाउनु पर्ने? अब अधिकार पाउन के गर्नुपर्ला? अबको आन्दोलनको कस्ले नेतृत्व गर्ने?यस्तै यस्तै प्रश्नहरु उठिरहनु स्वाभाविक हो।अब मधेसी जनताको अधिकारकालागि पुनः आन्दोलन गर्नुपर्ने देखिएको छ जसको नेतृत्व अबको युवा पुस्ताले गर्नुपर्ने छ, पुराणा पुस्ताले पटक पटक बिश्वासघात गरिसकेको छ जसकारण उनीहरू माथी बिश्वास गर्नु मुर्खता बाहेक अरु कही हुन्न। तर, अब मधेश र मधेशी जनता थाकिसकेको छ अब मधेशले अझै ज्यान गुमाउन सक्दैन तसर्थ अबको आन्दोलन कुटनीति सहितको शान्तिपूर्ण हुनुपर्छ। अहिले मधेसमा मोर्चा बन्न शुरु भईसकेको छ र सम्भवतः आउने आगामी निर्वाचन भन्दा पहिला पुनः मधेश उठ्ने छ।
पुर्ण लेख: https://www.hulakinews.com/archives/35445
